सहमतिको सरकार पहिलो प्राथमिकता : ढुङ्गाना

http://sindhulidarpan.blogspot.com/2013/01/blog-post_1192.html
ध्रुबचन्द्र खड्का, पौष २३ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख आनन्द ढुंगानाले एकिकृत माओवादीको सर्वसत्तावाद नेपाली काँग्रेसले कुनै पनि अवस्थामा नमान्ने चेतावनी दिनुभएको छ । एकिकृत माओवादीले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको भन्दै ढुंगानाले राणा र राजाको सर्वसत्तावाद नमानेको काँग्रेसले माअोवादीको सर्वसत्तावाद पनि नमान्ने दावी गर्नुभयो । आज विहान रेडियो सिन्धुलीगढीवाट प्रसारीत कार्यक्रम अतिथीसंगको कुराकानीमा ढुंगानाले काँग्रेसले माओवादीको सरकारलाई अस्विकार नगरेको तर सहमतिको सरकारलाई पहिलो प्राथमिकतामा राखेको वताउनुभयो । वर्तमान सरकारले निर्वाचन नचाहेको आरोप लगाउँदै ढुंगानाले नेपाली काँग्रेसलाइ बाबुरामको सरकार कुनै हालतमा स्वीकार्य नहुने ठोकुवा गर्नुभयो ।
बाबुराम सरकारको साँचो विदेशमा राखिएको वहाँको आरोप छ । काँग्रेस कार्यकर्तालाई मार्ने, चन्दा आतंक मच्चाउने पार्टीलाई गिरिजाप्रसाद कोइरालाले जंगलबाट सहमति सम्म ल्याएको कुरा माओवादीले विर्सेको वहाँको भनाइ छ । एकिकृत माओवादीलाई राष्ट्रको चिन्ता नभएकै कारण राष्ट्र अहिले कमजोर भएको ढुंगानाको तर्क छ । । १२ बुँदे संझौतालाई माओवादीले भुलेर देश र जनतालाई धोका दिएको वहाँको आरोप छ । नेपाली काँग्रेस जहिले पनि देश र जनताको पक्षमा रहेकाले वर्तमान राजनीतिक निकासका लागि पनि काँग्रेसको नेतृत्व आवस्यक रहेको वहाँको ठम्याइ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !