चिसो बढिराछ...


काठमाडौं,पुस २३  ।
आज राजधानी उपत्यकाको तापक्रम बर्षकै सबैभन्दा न्युन, शून्यबाट पनि तल झरेको छ । आज बिहानको तापक्रम (माईनस) -०.०७ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो नै यसवर्षको सबैभन्दा कम तापक्रम हो । तापक्रम अँझै घट्न सक्ने मौसमविदहरुले बताएका छन् । 
मौसमविदहरुका अनुसार यो सिजनमा तापक्रम माइनसमा पुग्नु स्वभाविक भएपनि काठमाडौमा केही वर्षयता तापक्रम यति कमसम्म झरेको थिएन । १५ वर्षअघि काठमाडौको तापक्रम माईनस ३ डिग्री सेल्सियसम्म झरेको थियो । यस्तै तराईका जिल्लाहरुमा शितलहर बढीरहेको छ । तराईका बाँके, बर्दिया, सिराहा, सप्तरीलगायतका जिल्लाहरुमा शितलहर बढेको सहकर्मी रेडियोहरुले खबर पठाएका छन् ।

Related

विविध 8778339561484428309

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item