चालक भित्रै रहेको अवस्थामा काठमाण्डुको वसुन्धरामा ट्याक्सीमा आगजनी

http://sindhulidarpan.blogspot.com/2013/01/taxi.html
काठमाण्डौ,पुस २३ ।
काठमाण्डुको वसुन्धारामा एक ट्याक्सीमा चालक भित्र रहेकै अवस्थामा एक समुहले आगजनी गरेको छ । बन्दको उल्लघन गरेको भन्दै शिव सेना नेपालको नामबाट केही युवाहरुले बा १ च ४९ ९४ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । रामेछाम घर भएका चालक पूर्ण श्रेष्ठ ट्याक्सीभित्रै रहेको अवस्थामा आगजनी गर्दा श्रेष्ठ घाइते हुनुभएको छ, भने ट्याक्सीको अगाडीको भाग पुरै जलेको छ । चालक श्रेष्ठको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीले आगजनीमा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेको बताएको छ । शिव सेना नेपालले आज काठमाण्डु उपत्यका बन्दको आह्वान गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !