पूर्व युवराज पारस शाहले ३४ लाख ५७ हजार रुपैयाँ तिरे

http://sindhulidarpan.blogspot.com/2013/01/national.html
सिन्धुली , पुस २३ ।
थाइल्याण्डको बैंककमा बस्दै आएका पूर्व युवराज पारस शाहले १ बर्षदेखि आपूm बस्दै आएको अपार्टेन्ट व्यवस्थापनलाई ३४ लाख ५७ हजार रुपैयाँ तिरेका छन् । अपार्टेन्टमा तोडफोड तथा होहल्ला गरेको भन्दै अपार्टमेन्ट व्यवस्थापनले पारससंग क्षतिपूर्तिरकम स्वरुप २० लाख (थाइल्यान्डको रुपैयाँ) भाट माग दाबी गरेपछि उनले त्यति रकम वुधवार तिरेका हुन् । तोडफोडमा घरका सिसा, सोफा लगायत विभिन्न सामानहरुमा क्षति पुगेको अपार्टेन्टको दाबी थियो । त्यहाँ स्थित नेपाली व्यवसायीका अनुसार पारसले थङ्लोस्थित प्रहरी चौकीमा एक सामान्य कागज गरि अपार्टेन्ट व्यवस्थापनका एक महिला प्रतिनिधिलाई सो रकम बुझाएका हुन् ।

रकम बुझाउन पारससँगै त्यहाँ पुगेका नेपाली व्यवसायी सुनिल खडाले केही नेपाली र पारसकै परिवारबाट रकम जुटाएर तिरिएको वताउनुभयो । खडाका अनुसार अपार्टेन्ट व्यवस्थापनले २० लाख भाट दाबी गरेपनि १२ लाखमा कुरा मिलेको हो । पारस गत १ बर्षदेखि त्यहाँको ”सर्भाइज्ड अपार्टेन्ट’ मा मासिक २ लाख थाइ भाट भाडा तिर्दै बस्दै आएका थिए । तोडफोडको घटना छिनोफानो भएलगत्तै उनी एक होटलमा बस्नथालेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !