सिन्धुली वन्द खुल्यो


अन्जु तामाङ्,
सिन्धुली,पुस २३ ।

छ दिन देखिको लगातारको सिन्धुली वन्द खुलेको छ । वन्द खुलेपछि सिन्धुलीको जनजीवन सामान्य बनेको छ । जिल्ला कारागारमा गत बुधवार राती भएको झड्पमा परि कैदी कमलामाई नगरपालिका १ कुडुलेका निरज देवकोटाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफ्न्त तथा नेपाली काग्रेसले जिल्ला वन्दको आह्वान गरेको थियो ।

घट्नामा प्रशासनिक मिलेमहत्तोको आशंका रहेको मृतकका आफ्न्तले बताएका छन । वन्द खुले सँगै सिन्धुलीमा मानिसको चलह पहल बढेको छ । अहिले सिन्धुलीको वजार तथा यातायात संचालनमा आएका छन । हिजो साझ उद्योग वाणिज्य संघ सिन्धुलीको अगुवाईमा वसेको सर्वपक्षिय भेलाले स्थानीय बजार तथा यातायातका साधनहरु संचालन गर्ने र आज वस्ने मन्त्री परिषदको वैठकले चित्तबुझदो निर्णय नगरे भोलिदेखि जिल्लामा रहेका सरकारी कार्यालयहरुमा धर्ना दिने निर्णय भएको थियो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भने अहिले जिल्लाको शान्ति सुरक्षामा सुधार आएको वताउनुभयो । मृतक देवकोटाका आफ्न्तहरुले आज वस्ने मन्त्रीपरिषदको निर्णय पछिमात्र शव बुझ्ने बताएको पनि उहाँले जानकारी दिनुभयो ।

Related

स्थानिय 3412863367332481010

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item