खेलकुद बजेट नदिएको भन्दै सर्लाहीका युवाद्वारा तालाबन्दी


रुपबहादुर विश्वकर्मा,
हरिवन,माघ ३ ।
खेलकुदका लागि बजेट नदिएको भन्दै स्थानीय युवाले सर्लाहीको बरहथवा गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । क्रिकेट खेल सामग्री खरिदका लागि रकम उपलब्ध नगराएको भन्दै स्थानीय मिथिला आदर्श युवा क्लबका सदस्यहरुले आज गाविसको कार्यालयमा ताला लगाई दिएका हुन् । 
क्रिकेट खेल सामग्री खरिदका लागि आफूहरुले करिब डेढ लाख रुपैयाँ माग गरेकोमा गाविस सचिव कमल पौडेलले उपलब्ध नगराएकाले गाविस कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको क्लबका सदस्य सन्तोष भुजेलले जानकारी दिनुभयो । गाविस सचिव पौडेलले भने गाउँ परिषदले निर्णय नगरेसम्म आफू एक्लैले खेलकुदका लागि रकम विनियोजन गर्न नमिल्ने भएकाले गाउँ परिषदको निर्णय पर्खन युवाहरुलाई आग्रह गरेको बताउनु भयो ।

Related

प्रमूखखबरहरु 7054722750889306533

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item