युवा स्वरोजगार कार्यक्रम अलपत्र, समितिको निर्णय नहुँदा कार्यान्वयनमा समस्या

http://sindhulidarpan.blogspot.com/2013/01/youth.html
मुगु,माघ ३ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरुलाई सिपमुलक तथा रोजगारमुलक कार्यक्रमका सञ्चालनको लागि दिईने कर्जा वितरण कार्यक्रम अलपत्र परेको छ । उद्योग वाणिज्य संघमार्फत बेरोजगार युवाहरुबाट आवेदन संकलन गरि ३ दिन सम्म तालिमसमेत सञ्चालन भईसके पनि आवेदन दिने युवाहरुले अहिलेसम्म कर्जा प्राप्त गर्न सकेका छैनन् ।
कर्जा वितरणका लागि गठन भएको संयोजक तथा अनुगमन समितिले कस–कसलाई कर्जा दिने भन्ने निर्णय गरि नपठाएका कारण अहिलेसम्म बजेट थन्किएको जिल्ला कृषि विकास बैंक उपशाखा मुगुका प्रमुख हर्कबहादुर बुढथापाले बताउनुभयो ।
व्यवसायको प्रकृति हेरेर बेरोजगार युवालाई अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने गरि १ करोड रकम आए पनि समितिले निर्णय नगर्दा रोकिएको छ । समितिले कर्जा वितरणका लागि आवेदन दिएका युवाहरुको छनौट गरि पठाएमा युवा स्वरोजगार कर्जा वितरण हुने र त्यस्तो कर्जाको वार्षिक व्याजदर १२ प्रतिशत लाग्ने छ भने नियमित बुझाउनेलाई ६० प्रतिशत ब्याज छुटसमेत हुने शाखा प्रमुख बुढथापाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !