सिन्धुलीमा केबलकारको काम सुरुहुदै



सिन्धुली,पुस २२ ।
सिन्धुली जिल्लालाई पर्यटकिय रुपमा विकास गर्न सिन्धुलीमाढीवाट सिद्धवावाको मन्दिर सम्म केवलकार संचालन गरिने भएको छ । जिल्लामा केवलकार संचालनको लागि लुम्विनीवाट आएको एक प्राविधक टोलिले संभाव्यताको अध्ययन गरेपछि मंगलवार  केवलकारको विभिन्न प्रक्रिया अगाडि वढाउन सिन्धुली उद्योग वाणिज्य संधका अध्यक्ष मिन वहादुर श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिएको छ । समितिको सचिवमा फाल्गुणी शर्मा र कोषाध्यक्षमा मोहन वराल रहेका छन । त्यसैगरी समिति सदस्यमा पूर्व साँसद शंकरनाथ शर्मा सहित विभिन्न राजनितीक दलका व्यक्तिहरु व्यापारी विभिन्न संधसंस्थाका व्यक्तिहरु समाजसेवी लगाएतको सहभागीता छ । मंगलवार  उद्योग वाणिज्य संध सिन्धुलीको सभाहलमा आयोजित सर्वदलिय सर्वपक्षिय भेलाले उक्त समिति निर्माण गरेको हो । उक्त भेलाले केवुलकारको नाम शिद्धबाबा केवलकार सिन्धुली राख्ने समेत निर्णय गरेको छ । भेलामा प्रसासनीक निकायका व्यक्तिहरु पत्रकार वुद्धिजीवि लगायतको सहभागिता थियो । 
जिल्लामा केवुलकार संचालन गर्दा यसले जिल्लामा पर्यटकहरुको संख्यामा वृद्धि भई आर्थिक विकासमा टेवा पुग्ने निष्कर्ष भेलाले निकालेको छ । सिन्धुलीमाढीवाट सिद्धवावाको मन्दिर सम्म केवलकार संचालनका लागि  करिव ३३ करोड लगानि हुने प्राविधिक टोलीका ईन्जिनियर खेटराज दाहालले वताए ।
केवलकार संचालनका लागि गर्नु पर्ने काम द्रुत गतिमा अगाडि वढाइने  समितिक संयोजक मिनवहादुर श्रेष्ठले  वताउनु भयो । पूर्व साँसद शंकरनाथ शर्मा सरकार संग कानुनी रुपमा पहलगरेर स्वीकृत गराउने प्रकृयाका लागि आफुले पहल गर्ने वताउनु हुन्छ । सिन्द्धवावा मंन्दिर निमार्ण समितिका संयोजक निर्मल रत्न तुलाधर केवलकार संचालन आफ्नो सपना भएको वताउँछन । सिन्धुलीमाढीवाट  सिद्धवावाको मन्दिर च्याउँकोट सम्म केवुलकार संचालन गर्न  सकेमा यसले जिल्लालाई पर्यटकिए रुपमा गर्न टेवापुग्ने छ ।

Related

स्थानिय 8899634315581457477

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item