‘अन्यत्र सहमति नभएपछि यो कुरा आएको हो’

http://sindhulidarpan.blogspot.com/2013/01/interview.html

हरिबोल गजुरेल
नेता, एमाओवादी
कसरी आयो कारणहरू के हो ?
कारण त प्रष्ट छ शुसिल जीलाई एकथरि नमान्ने र बाबुराम जीलाई अर्को थरि नमान्ने त्यो भए पछि विवाद भयो ।
शुसिल जीलाई किन नमान्ने ?
हामीले मात्रै नमान्ने भन्ने होइन त्यस्तो सहमति भएन मधेसी मोर्चाले पनि स्वीकारेन । त्यो भएको कारण गठबन्धनको एउटा घटकले नस्वीकारे पछि राष्ट्रिय सहमति हुने कुरा भएन ।
राष्ट्रिय सहमतिका लागि काँग्रेस सभापतिको नेतृत्वमा सहमतिय सरकार प्रचण्ड जी ले भन्नु भाको हो ?
होइन प्याकेजमा सहमतिका लागि त्यो कुरा अगाडि बढेको हो ।
प्याकेजमा सहमतिको कुरा छ नि त्यो तपाईहरू बीच मै सहमति भाको हो ?
पछि त्यहाँ मिलेन मुख्य त एउटा कारण त संविधानका संशोधन प्रंक्रियाहरू राष्ट्रिय सरकार बनाएर गर्ने भन्दा मिलेन । काग्रेस र एमालेले बाबुराम भट्टराईको सरकारमा सामेल नहुने केहि दिनका लागि त्यसले इगो बन्न गयो । अर्को घटकहरूले पनि नमान्ने स्थिति पैदा भो फेरी अर्को परिबेस वातावरण नै त्यस्तै बन्न गएपछि उहा को सम्भव भए ।
एकिकृत माओवादीले सहमति नचाहेको हो ?
हैन त्यस्तो होइन हामी सहमति किन नचाहनु हामीले सहमतिका लागि पहल गरेको सहमतिको करिब करिब नजिक पुगे हैन वातावरण त्यस्तो बनेन ।
सहमतिका लागि तपाईहरू बाबुराम भट्टराई सरकारलाई बहिगमन गर्न किन तयार हुनुभएन ?
हैन हामीले त बर्हिगमन कसरी गर्ने विकल्प नभईकन कसरी गर्ने बर्हिगमन हुने सहमति हुनु प¥यो सहमति भएपछि हुने कुरो हो । त्यतिकै छोडदिने कुरा आउदैन । यो त सहमति नभा हुनाले भाको हो ।
चुनाव पनि चाहनुहुन्न भन्ने आरोप छ ?
हैन त्यो त बेकार कुरा हो । काँग्रेस एमालेले चुनाव चाहन्न भन्ने हाम्रो आरोप त्यो बरु ।
विभिन्न पटक विभिन्न व्यक्ति अगाडि सारेर चुनाव रोक्ने खेल खेलेको विपक्षीको आरोप छ ?
काँग्रेस एमालेले भित्रै एक थरि शुसिलको कुरा गर्छन र शुसिललाई हुन नदिने र सहमतिहरू नदिने खेल पनि छ त्यहाँ ।
काँग्रेसले नै शुसिल लाई रोक्ने खेल खेलेको भन्नु भो त्यो कसरी थाहा पाउनु भयो ?
हामीलाई भित्रीरुपमा आएको सुचना आएको छ । शुसिललाई नचाहने र शुसिललाई रोक्ने किन भने सहमति हुन नदिनका लागि आन्तरिक छलफल यस्तो प्रवृति देखिन्छ । जो सहमति हुन नदिनका लागि जो सहमति चाहदैन, चुनाव चाहदैन तिनीहरूले त्यो भूमिका खेलेको छ । बाबुराम भट्टराईलाई पनि त्यस प्रकारको सहमति हुन नदिनका लागि एक थरि लागि परेको छ ।
पुस २५ गते सम्म सहमति नभए आन्दोलनमा जाने भनेका छन विपक्षीहरू ?
त्यो त आन्दोलनमा जाने कुरा त उहाहरूको आफ्नो कुरा हो । जनताले कतिको साथ दिन्छ कसरी जानुहुन्छ के भनेर जानुहुन्छ । हामीलाई लाग्ने कुरा के हो भने । आ—आफ्नो हठमा रहिरहनु भन्दा जे जेमा सहमति हुन्छ त्यसमा जानु पर्छ । शुसिल जीमा पनि सहमति भएन बाबुराम जीका पनि सहमति भएन भने अर्को बाटो पनि खोज्नु प¥यो नि त ।
अर्को बाटोमा जाँदा स्वतन्त्र व्यक्तिको कुराले दलिय राजनीति समाप्त पार्न लाग्नु भएको हो ?
सहमति नभएपछि गर्ने कुरा हो । हाम्रो पार्टीले स्वतन्त्र व्यक्ति च्वाइस होइन त्यो हुन सक्छ भनेको मात्र हो । अहिले पनि च्वाइस होइन बाध्यता हो ।
कुमार लामालाई समाउदा पार्टीको दृष्टिकोण के हो ?
हामीलाई आश्चर्य लागेको छ बेलायतले किन त्यस्तो ग¥यो नेपालको सार्वभौमिकता माथि हस्तक्षेपको रुपमा हामीले बुझिराखेका छौ । विना जानकारी, विना आधार त्यो पनि घुम्न गएको बेलामा नेपालको बहालवाला सेनाको अफिसर त्यो कुरा त बेलायतले ख्याल गर्नु पथ्र्यो ।
युद्धकारीका आरोप पो छ त ?
बेलायती यहाँ आएको बेला हामीले पनि यसो ग¥यो भने कसैले आरोप लगायो भने किन बेलायतले त्यसो गर्नु भयो । सोधपुछका लागि हो कि अथाव गिरफ्तार हो कि सबै क्लियर भइसकेपछि हाम्रो धारणा दिने हो अहिले परराष्ट्र मन्त्रालयबाट आइराखेको छ ।
प्रस्तुती:ऋषि धमला
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !