भुटानीलाई नागरिकता सिफारिस गर्ने सचिव पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/01/citizenship.html
रौतहट, पुस १९ ।
भुटानी नागरिकलाई नेपाली नागरिकता दिन सिफारिस गर्ने रौतहटका एक जना गाउँ विकास समितिका सचिबलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको बसबिट्टी जिगडिया गाविसमा नागरिकताको टोलीबाट भुटानी नागरिक ठाकुरप्रसाद न्यौपानेले २०६३ सला चैत २२ गते नागरिकता लिएका थिए ।

झापाको दमकस्थित बेलडागी शरणार्थी शिविरको ए सेक्सन ७५ नम्बर घर भएका न्यौपानेले बसबिट्टी जिगडिया–५ मा स्थायी बसोवास गर्दैआएको भन्दै नागरिकता लिएको प्रहरीले जनाएको छ । नागरिकताको सिफारिस गर्ने तत्कालीन गाविस सचिव रामवृक्ष चौधरी र नागरिकता लिने न्यौपानेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !