कार्यालय सहयोगीले चलाउछन् सिन्धुलीको कारागार


विदुर पौडेल,
सिन्धुली,पुस १९ ।

जिल्ला कारागार सिन्धुली एक जना कार्यालय सहयोगीको भरमा चल्ने गरेको छ । ९८ जना कैदीवन्दी रहेको कारागारमा एकजना पियनको भरमा संचालन हुदा सुरक्षाको पनि खतरा रहेको कारागार कर्मचारीहरुले वताएका छन । कार्यालय प्रमुख ताराप्रसाद पौडेलको सर्लाही जनस्वास्थ्य कार्यालयमा सरुवा भएपछि कार्यालयमा १ जनामात्र स्थायी कार्यालय सहयोगी रहेका छन । कार्यालयमा २ जना नासु १ जना सहलेखापाल र १ जना कार्यालय सहयोगीको दरवन्दी रहेको कारागारमा विगत ८ वर्ष देखिनै एक जना नासुको भरमा संचालन हुदै आएको छ । कार्यालयका प्रमुख तारा प्रसाद पौडेल भने सरुवा भएपनि कार्यालयको काम सम्हाल्न विभागले कोही कर्मचारी नपठाएकाले समस्या उत्पन्न भएको बताउनुहुन्छ । 
कार्यालयमा कर्मचारी अभाव हुदा परिवारमा दुख पर्दापनि जान नपाएको उहाँले वताउनुभयो । कारागारमा १० जना महिला र ८९ जना पुरुष वन्दी रहेका छन । जसमा २ जना भारतिय नागरिक रहेका छन । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य भने आफुले कारागार केन्द्रिय विभागमा कर्मचारी तत्काल पठाउन भनेपनि अहिले सम्म नपठाएकाले अहिलेका कार्यालय प्रमुख पौडेललाई वस्न अनुरोध गरेको उहाँले वताउनुभयो ।

Related

स्थानिय 220116513540685554

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item