दुध बिक्रिमा सहज भएपछि पशुपालनमा आकर्षित


उमा पौडेल
सिन्धुली ,पुस १९ ।
दुध बिक्रिमा सहज भएपछि सिन्धुलीको जलकन्या गाबिसका कृषकहरु पशुपालन तर्फ आकर्षित भएका छन् । सिन्धुलीमाढीमा डेरीको संख्या बढेसँगै उत्पादीत दुधले राम्रो बजार पाएपछि उनीहरु भैसी तथा गाई पालनमा आकर्षित भएका हुन् । पहिले पहिले उत्पादन भएको दुध खाएर वा अ‍ैचो पैचोबाट जसरी पनि सकाउनु पर्ने बाध्यतामा रहेका कृषकहरुले आजभोली दुध बेचेरै मासिक ६ हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
 जलकन्या गाबिसका बिभिन्न वडामा रहेका कृषकहरुले उत्पादन गरेको दुध एक ठाँउमा जम्मा गरि सोलाभन्याङ्मा ल्याएर ढुवानि गर्ने गरेको स्थानीय गिता देबकोटाले बताउनुभयो । 
आफुहरुले उत्पादन गरेको दुध सिन्ुधलीको कोशेली डेरीमा बिक्रि गर्ने समेत उहाँको भनाई छ । यसरी डेरीले आफुहरुलाई मासिक रुपमा एकमुष्ट पैसा दिने गरेपछि घरायसी तथा अन्य समस्या समाधानमा सघाऊ पुगेको स्थानीयहरुले बताएका छन् ।

Related

फोटोखबर 8253235678196076303

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item