सरकारले बेवास्ता गरेको सिन्धुलीका दलितको आरोप

http://sindhulidarpan.blogspot.com/2013/01/dalit-voice.html
उमा पौडेल
सिन्धुली ,पुस १९ ।
सिन्धुलीको जलकन्या गाबिसका वडा नं ८ प्रतापेभन्ज्याङ्का दलितहरुले आफुहरुलाई सरकारले बेवास्ता गरेको बताएका छन् । लामो समयदेखि प्रतापेभन्ज्याङ्मा बस्दै आएपनि सरकारले आफुहरुलाई कुनै क्षेत्रको कार्यक्रममा संलग्न नगएको भन्दै दुःख उनीहरुले ब्यक्त गरेका हुन् । ५० भन्दा बढी घरधुरी रहेको प्रतापेभन्ज्याङ्मा ३ सय भन्दा बढी दलितहरु बस्दै आएका छन् ।

दलित अधिकार, दलितहरुका लािग सरकारले प्रदान गर्ने सेवा सुबिधा, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा आफुहरुलाई कुनै पनि जानकारी नभएको भन्दै स्थानीय ७० बर्षिय बुद्धि मक्रांतिले दुःख ब्यक्त गर्नुभयो । त्यस्तै स्थानीय सिता मक्रांतिका भने त्यस क्षेत्रमा बिभिन्न संघसंस्थाहरुले कार्यक्रम संचालन गरेपनि प्रभाबकारी नभएको बताउनुहुन्छ । संघ संस्थाले गाँऊ घरमा आएर १, २ दिन तालीम संचालन गर्ने गरेको तर त्यसबाट आफुहरुलाई केहि फाईदा नपुगेको बताउदै दलित समुदायका लागि ब्यवसायीक सिप प्रदान गर्नुपर्ने उहाँको ठम्ब्याई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !