सिन्धुली कारागारमा झडप,एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2013/01/death_1068.html
उमा पौडेल,
सिन्धुली,पुस १९ ।
जिल्ला
कारागार सिन्धुलीमा कैदीवन्दी विच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा परि घाईते हुनुभएका चौकीदार निरज देवकोटाको काठमाण्डौको बिर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

देवकोटाको अवस्था गम्भिर रहेकाले जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीर अस्पताल काठमाडौ पठाईएको थियो । झडपबाट घाईते ऋद्धि गुर्मछानेको भने सिन्धुली जिल्ला अस्पतालमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !