प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट दायर
http://sindhulidarpan.blogspot.com/2013/01/coat.html
काठमाण्डौ,पुस २९ ।
दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका आरोपितहरुको कानूनी कारबाही प्रभावित गर्न सार्वजनिक अभिव्यक्ति दिने प्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रक्रिया रोक्न आदेश दिने महान्याधिवक्ता मुक्ति प्रधानविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । डेमोक्रेटिक लयर्स एसोसिएसन र नेपाल प्रेस युनियनका तर्फबाट संयुक्तरुपमा आज रिट दायर भएको हो ।

रिटमा हत्याको आरोपितलाई पक्राउ गरेर शुरु भएको कारबाही रोक्न महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयको विरुद्ध उपयुक्त आदेशको माग गरिएको छ । पुनरावेदन अदालत सुर्खेतले थापा हत्याको कानूनी प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि स्थानीय प्रशासनले शुरु गरेको कारबाही प्रक्रियालाई बाधार पुर्याउने कार्यले अदालतको मानहानी भएको ठहर पनि रिटमा गरिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !