सिन्धुलीको झाँगाझोलिमा कृषि उपज संकलन केन्द्र स्थापना


रमा कार्की, 
सिन्धुली,माघ ११ ।
सिन्धुलीको झाँगाझोली रातमाटा गाविसमा   कृषि उपज संकलन केन्द्र स्थापना भए पछि त्यस स्थानका किसानहरु खुशी भएका छन् । कृषि उपज संकलन केन्द्रका   निर्माण भए पश्चात त्यस क्षेत्रका किसानहरुले उत्पादन गरेका उच्च मूल्यका विभिन्न तरकारीहरु संकलन केन्द्रमा संकलन गरी बजार प्रबद्र्धन गर्न सहयोग पुग्ने भन्दै उनीहरु खुशी भएका हुन् । 

जाइका नेपालको सहयोगमा स्थापना भएको  संकलन केन्द्र मध्यमान्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक डिल्लीराम शर्मा र एस.आर. क्याम्पका टिम लिडर माकोतो इसुजुकाले स्थानीय समूदायलाई हस्तान्तरण गर्दै स्थानीय स्तरमा कृषि उपजहरु व्यवस्थित तरिकाले संकलन र  विक्रिवितरण गरी किसानहरुलाई आत्मनिर्भर बन्न आग्रह समेत गर्नुर्भको छ । संकलन केन्द्र ६ लाखमा रुपैयाँमा निर्माण भएको एस.आर.क्याम्प परियोजनाका कृषि प्रांविधिक सन्तोष बरालले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 1418423752667753662

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item