चिसो वढ्दो छ नेपालमा



काठमाडौं, पुस २५  ।
राजधानी उपत्यकाको तापक्रम आज पनि घट्दो क्रममा रहेको छ । आज उपत्यकाको तापक्रम माईनस १ दशमलब ११ डिग्री सेल्सियसमा झरेको हो । चिसोका कारण राजधानी उपत्यकामा पनि सवारीको चाप घटेको छ भने राजधानी बाहिर तराईका बिभिन्न जिल्लामा हवाई उडान अबरुद्ध बनेको छ । तराईका बिभिन्न जिल्लाहरुमा चिसोका कारण बिद्यालयहरु धमाधम बन्द गरिएका छन् । तराईका, सिराहा, सप्तरी, महोत्तरी, कपिलबस्तु लगायतका जिल्लामा आईतबार देखिनै बिद्यालय बन्द गरिएको थियो भने बाँके बर्दिया लगायतका जिल्लाहरुमा पनि आज देखि बिद्यालय बन्द गरिएको छ ।
दिन दिनै चिसो बढिरहेकाले अभिभावकको आग्रहमा बिद्यालय बन्द गरिएको बाँकेका जिल्ला शिक्षा अधिकारी धनसिंह धामीले जानकारी दिनु भयो । चिसो संगै बढेको शितलहरले हिजो मात्रै पूर्वी तराईका बिभिन्न जिल्लाहरुमा गरी ११ जनाको मृत्यु भएको थियो । चिसोका कारण जनजिवन अस्तव्यस्त बनेपछि सरकारले अध्याधिक शितलहर भएका तराईका जिल्लाहरुमा दाउरा तथा कम्मल बितरण गर्ने निर्णय गरेको थियो । तर स्थानीयले भने सरकारले राहत दिने नाउमा एक परिवारलाई एउटा कम्मल दिएर झारा टार्ने काम गरेको बताएका छन् ।

Related

विविध 105521959170004311

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item