पाँच दशमलव ६ रेक्टर स्केलको भुकम्प

http://sindhulidarpan.blogspot.com/2013/01/earthquick.html
बैतडी,पुस २५ ।
सुदुरपश्चिमका विभिन्न जिल्लामा आज फेरी भुकम्प गएको छ । सुदुरपश्चिमका बैतडी, बाजुरा, बझाङ्गलगायतका जिल्लासहित मध्यपश्चिमको हुम्लामा पनि धक्का महसुस गरिएको छ । दिउँसो साढे १ बजे बाजुराको उत्तरी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
केहिदिन अघि मात्रै बझाङ्ग र डोटिको सिमानालाई केन्द्र बिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको थियो । स्थानीयबासिन्दा केहीबेर त्रसित भए पनि क्षतिको विवरण भने अहिलेसम्म कतैबाट जानकारी नआएको जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !