नेपाली सहकारीको टोली भारत प्रस्थान



काठमान्डौ, पौष,२३
राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको आयोजनामा भारतको नयाँदिल्लीमा हुने एक कार्यक्रममा सहभागी हुन आज विभिन्न जिल्लाका सहकारी संस्थाका प्रतिनिधि सम्मीलित एक टोली भारत प्रस्थान गरेको छ ।विभिन्न ३६ वटा संस्थाका प्रतिनिधि सम्मिलित टोली भारतको हरियाणामा हुने पाँचदिने नेतृत्व विकास तालिममा सहभागी हुने जनाएको छ ।सहकारी संस्थामा निर्णायक तहका पदाधिकारीको नेतृत्व विकास गरी सहकारी अभियानको सुदृढीकरण गर्ने र भारतका सफल सहकारी संस्थाको अध्ययन गरी नेपालको सहकारी आन्दोलनको प्रवद्र्धन र विकास गर्ने उदेश्यले टोली भारत गएको  सङ्घका अध्यक्ष केशव बरालले जानकारी दिनुभयो ।
सङ्घका वरिष्ठ प्रबन्धक बाबुल खनालको नेतृत्वमा काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, पाल्पा, महोत्तरी, रूपन्देही, झापा, दोलखा, बारा, कास्की, सिरहा, धनुषा र धादिङ जिल्लाको सहकारी संस्थाका प्रतिनिधि रहेका छन्

Related

राष्ट्रिय 6413543538765437649

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item