बलात्कारीहरु अदालतमा उपस्थित


एजेन्सी , २३ पुस 
भारतको दिल्लीमा सामुहिक बलात्कारपछि मृत्यु भएकी युवतिको बलात्कारमा संलग्न पांच अभियुत्तहरु पहिलो पटक अदालतमा उपस्थित भएका छन् ।यस घटनामा संलग्न अर्का अभियुत्तलाई भने उमेर हदका कारण अदालतमा उपस्थित गराईएको छैन । घटनामा संलग्न राम सिंह,मुकेश सिंह,बिजय शर्मा,अक्षय ठाकुर र पवन गुप्तालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । अभियुत्तहरु बिरुद्ध बलात्कार र हत्या सम्बन्धि कानुन बमोजीत कारबाही हुने बताईएको छ ।अभियुत्तहरु अदालतमा उपस्थित हुन आईरहेका बेला महिला अधिकारकर्मीहरुले चर्को नारावाजी र बिरोध प्रद्धर्शन गरेका थिए । हिंसा हुन सक्ने आशंकामा प्रहरीले अदालत बरपरको सुरक्षा व्यबस्था निकै कडा पारेको छ ।  


Related

प्रमूखखबरहरु 8604650228770696056

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item