शिक्षकको शव विद्यालयमा


दोलखा, पुस २३ ।

 दोलखा जिल्लाको क्षेत्रपा गाविसको क्षेत्रवति उच्च माविमा विद्यालय हाता भित्रै गणित विषय पढाउने शिक्षक बद्री घिमिरेको शव फेला परेको छ ।  आज विहान चिया पिउन नआए पछि शिक्षकहरु कोठामा हेर्न जाँदा घिमिरे विद्यालयकै कोठामा झुण्डीएको अवस्थामा फेला पारेको प्रधानाध्यापक पदम जिरेलले जानकारी दिनुभयो । घिमिरे एक हप्ता अगाडि देखि नै विद्यालयमा हाजिर हुनभएको थियो ।
शिक्षक घिमिरेको मुखमा कपडा खाँदिएको तथा ढोका समेत खुल्लै रहेको अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शीले वताएका छन् । झुण्डीएको उनको शवले भुँईमा खुट्टाले टेकेको अवस्थामा भेटिएको छ ।
शिक्षक घिमिरेको हत्या भएको हुन सक्ने प्रराम्भीक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

Related

विविध 6284035665832631868

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item