विद्युत वितरण केन्द्र र ग्राहक सेवामा तालाबन्दी

http://sindhulidarpan.blogspot.com/2013/01/loardsheddding.html
रोल्पा ,पुस २३ ।
नेपाल विद्युत प्राधिकरण अन्र्तगत झिमरुक पावर हाउस प्युठानले रोल्पालगायत अन्य दुई जिल्लामा दैनिक ६ घण्टा लोडसेडिङ सुरु गरेकोप्रति आपत्ति जनाउँदै संघर्ष समिति रोल्पाले हिजोबाट गरेको रोल्पा बन्द आज पनि जारी छ । बन्दका कारण जिल्लाका व्यापारिक केन्द्रका पसलहरु पुर्ण रुपमा बन्द भएका छन् भने विद्यालय, कलकारखाना, यातायात समेत अवरुद्ध भएको छ ।

विद्यार्थीहरुको सहभागितामा नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्र र ग्राहक सेवामा गरिएको अनिश्चतकालिन तालाबन्दी समेत अझै खोलिएको छैन ।सरकारले आफ्नो माग प्रति बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रमको घोषणा गर्न बाध्य भएको संघर्ष समितिले बताएको छ । स्थानिय स्रोतमा स्थानियको पहिलो अधिकार भएको भन्दै अधिकार रक्षा र प्राप्तिकालागि अब थप सशक्त आन्दोलनमा जान बाध्य भएको संघर्ष समितिका सयोजक घनश्याम आचार्यले बताउनुभयो ।
अधिकार नपाउँदासम्म र उचित किसिमको सुनवाई नुहदासम्म संघर्ष जारी रहने बताइएको छ । यस्तै आज प्यूठान संघर्ष समितिको सहकार्यमा विद्युत उत्पादन गृह चकचके घेराउ गर्न दर्जन बढि गाडी र मोटरसाइकलमा सयौको संख्यामा स्थानिय त्यसतर्फ लागेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !