प्रकृति जोगाउन नग्न पार्टी

http://sindhulidarpan.blogspot.com/2013/01/dance.html
- पश्चिमा मुलुकहरुमा नग्नता सामान्य भईसकेको छ । जनावर बचाऔं भन्दै केहि युवतीहरु खुलेआम सडकमा नांगै हिड्छन्, वनस्पतिको संरक्षण गरौं भन्दै युवा युवतीहरु समुद्रको किनारामा पुगेर नग्न भईदिन्छन् । नग्नता पश्चिमा राष्ट्रहरुमा अहिले एउटा आन्दोलन बनेको छ । प्रहरीको आँखा छल्दै सडकमा र समुद्रको किनारामा सीमित हुँदै आएको नग्न प्रदर्शन अब शहरको मुख्य भागमा, सबैको आँखा अगाडी हुन थालेको छ । अमेरिकास्थित न्युयोर्कको सोहो जिल्लाको केन्द्रमा एउटा युवकले नग्न पार्टीको आयोजना गरेका छन् ।
उनले त्यस्तो पार्टीको आयोजना अरु केहि नभएर प्रकृतितिर फर्कांै भन्दै थालिएको नग्नताको आन्दोलनमा सहयोग पु¥याउन गरेको दाबी गरेका छन् । कार्यक्रममा उपस्थित नग्न केटाकेटीहरु हाँसे, रमाइलो गरे र सामुहिक रक्सी पनि खाए । रोचक त यो छ, सो पार्टीमा १८ देखि ४० वर्षसम्मका महिला पुरुषको सहभागिता रहेको थियो । त्यसमा विवाहित जोडी पनि थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !