श्रीमतीको नम्बर पोर्न साइटमा

http://sindhulidarpan.blogspot.com/2013/01/phone.html
- जीवनसाथी मानेर अग्निलाई सातफेरा लगाएर बाँधिएको श्रीमान् श्रीमतीको बैबाहिक सम्बन्धलाई कसैकसैले अत्यन्तै नीच व्यवहार गरेर धमिलो पारिदिन्छन्, अपवित्र बनाइदिन्छन् । भारतका एक श्रीमान् भनाउँदाले यस्तै काम गरेका छन्, आफ्नी श्रीमतीको फोन नम्बर पोर्न साइटमा राखेर । २०११ मा आगराका अश्विन गौतमसँग बिबाह बन्धनमा बाँधिएकी बिहारकी अनामिकाको फोन नम्बर श्रीमान्ले पोर्न साइटमा राखिदिएपछि ती युवतीलाई देश विदेशबाट सेक्सको लागि फोन आउन थाल्यो । फोनमा सेक्सको म्यासेज आउन थाल्यो । त्यस्तै अश्लिल भिडियो र फोटो पनि आउन थाल्यो ।

प्रहरीले साइबर सेललाई खबर ग¥यो र यस बारेमा अनुसन्धान ग¥यो । दुई वर्ष अघि उनीहरुको बिहे भएको भएपनि घर परिवारले दाइजो र श्रीमान्ले सेक्सका लागि जबर्जस्ती गर्दै आएका कारण उनले यस्तो सहन नसकेर माइतीको शरणमा गएर बसेकी थिईन । उनी गएको केहि महिना पछि उनलाई फोन र अश्लिल म्यासेज अनि अश्लिल भिडीयोहरु आयन थालेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !