आजदेखि स्वस्थानी व्रत सुरु


काठमाण्डौ,माघ १३ ।
आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । आजैदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दू नेपालीका घरमा सात्विक भावले श्रद्धभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा आरधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।
 शिव पार्वतीको विवाह भइसकेपछि लोकल्याणका निम्ति परम्परागत रूपमा व्रतवकथा प्रचलित हुँदै आएको मानिन्छ । सुख, सन्तोष उन्नति तथा परामार्थमा शिवलोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिपूर्वक पौष शुक्ल पूर्णिमादेखि सुरु गरिने श्री स्वस्थानी परमेश्वरीको व्रत, पूजन, तथा कथा श्रवण गर्ने क्रम माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहन्छ ।

Related

राष्ट्रिय 5012919197349488569

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item