सर्लाहीमा हतकडीसहित एक अभियुक्त फरार


सुनिल ठाकुर,
सर्लाही,माघ १३ ।
हतकडी लगाएकै अवस्थामा हिजो सर्लाहीको पिपरीयाबाट एक जना फरार भएका छन् । प्रहरीले पिपरिया–५ का अजमल हुसैनलाई पक्राउ गरी ल्याई रहेको अवस्थामा उहाँका आफन्तले प्रहरीमाथि आक्रमण गरी अजमललाई हतकडीसहित भगाएका हुन् । घटनापछि अभियुक्तको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रामप्रसादश्र ेष्ठले बताउनुभयो ।

 अभियुक्तलाई लगाइएको हतकडी पिपरिया गाविस भन्दा ५ किलो मिटिर दक्षिण हेमपुरमा भेटिएको श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीमाथि आक्रमण गरी अभियुक्तलाई भगाएको आरोपमा अजमलका भाई असर हुसैनलाई प्रहरीले नियन्त्रमा लिएको छ । अजमलमाथि चोरी तथा ठगीको आरोप लागेको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

Related

विविध 4830666486338322249

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item