आगलागीमा दुई बालबालिको मृत्यु


काठमाण्डौ,माघ ४ ।
डोटीको सात्फरी गाविसको एक घरमा हिजो दिउँसो आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाका दक्षिणी क्षेत्रमा पर्ने सात्फरी गाविस ५ डौडाको बानडाँडाका लालबहादुर चन्दको घरमा आगलागी भएको हो । आगलागीमा परी चन्दका तीन  वर्षीया छोरा हर्क र डेड वर्षीया  छोरी हरीनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुबा लालबहादुर र आमा पार्वती छोरा र छोरीलाई घर भित्र राखेर जङ्गलमा खर काट्न गएको बेला घरमा आगलागी भएको स्थानीयबासिन्दाले बताएका छन् ।

 आगलागीबाट घरमा भएका सम्मपुर्ण रामाग्री लत्ता, कपडा, अन्नपात जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय चवराचौताराले जनाकारी दिएको छ । आगलागी हिजो दिउँसो नै भएको भए पनि घर वरपर बस्ती नभएको र घरमा पनि कोही नभएकोले घटनाको बारेमा स्थानीयहरुलाई पनि हिजो राती मात्रै जानकारी भएको थियो । स्थानीयबासीले जानकारी पाएपछि ईलाका प्रहरी कार्यालयमा जानकारी दिएका थिए । प्रहरीले आज मात्रै घटनाका विषयमा जानकारी लिएको छ ।

Related

विविध 3884473039759598143

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item