गृहमन्त्रालालयद्वारा वरिष्ठ प्रहरी अधिकारीहरूको सरुवा

http://sindhulidarpan.blogspot.com/2013/01/nepali-police.html
काठमाण्डौ,माघ ४ ।
गृहमन्त्रालयले आज ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । १४ अन्चलका प्रहरी प्रमुखसँगै अरू दरबन्दीमा रहेका एसएसपीहरूको सरुवा गरिएको हो । गृहमन्त्रालयले मेचीमा केशरीराज घिमिरे, कोसीमा यादवराज खनाल, सगरमाथामा भोगबहादुर थापा, बागमतीमा रमेशप्रसाद खरेल, नायाणीमा सवेन्द्र खनाल, गण्डकीमा केदारमानसिंह भण्डारी, धवलागिरीमा मिलन बस्नेत, लुम्बिनीमा मिङमार लामा, कर्णालीमा गणेशबहादुर गुरूङ, राप्तीमा उत्तमबहादुर सिंह, भेरीमा मधुप्रसाद पुडासैनी, सेतीमा लव विष्ट र महाकालीमा अञ्चल प्रहरी प्रमुखमा छविलाल जोशीलाई सरुवा गरेको छ ।
त्यस्तै रणबहादुर चन्दलाई महागनरीय प्रहरी परिसर काठमाडौं, विजयलाल कायस्थलाई महानगरीय पं्रहरी अपराध महाशाखा,सुबोध घिमिरेलाई लागू औषध नियन्त्रण ब्युरो, हेमन्तबहादुर पाललाई महानगरी आयुक्तको कार्यालय, रमेशप्रसाद फुयाललाई त्रिभुवन विमानस्थल, गोविन्दप्रसाद निरौलालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, माधवप्रसाद जोशीलाई महानगरी ट्राफिक महाशाखा, पशुपति उपाध्यायलाई प्रहरी कल्याण शाखा र पंकज श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय प्रशानिक शाखामा सरुवा गरिएको छ । यसैगरी अरू एसएसपीहरूलाई पनि सरुवा गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !