नेकपा माओवादीका शैलेश तिवारीको रहस्यमय मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/death_3.html
बुटवल,पुस १९ ।
नेकपा माओवादीका अवध राज्य समिति सदस्य शैलेश तिवारीको रहस्यमय मृत्यु भएको छ । पार्टी महाधिवेशन तयारी प्रचार प्रसारका क्रममा रुपन्देहीको रोहणिहवा पुगेका तिवारीको रहस्यमय मृत्यु भएको माओवादीले जनाएको छ । रोहिणीहवा प्रहरी चौकि अगाडि हिजो दिउँसो चिया खाईरहेको अवस्थामा शिविल पोशाकका प्रहरीले सोधपुछका लागि प्रहरी चौकीमा लगेको एक घण्टा भित्रमा तिवारीको मृत्यु भएको पार्टीका रुपन्देही ईन्चार्ज बसन्त श्रेष्ठले बताउनुभयो ।
रुपन्देहीको फरेना २ का ३५ वर्षीय तिवारीको उच्च रक्तचापका कारण मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक पोषराज पोखरेलले प्रहरी चौकीमा सोधपुछ गर्दा तिवारीको प्रेसर हाई भएर २ सय २० नाघे पछि स्थानिय अहेवले चेक जांच गरेका थिए । रक्तचापका कारण बिरामी भएका उहाँलाई एम्बुलेन्सबाट भैरहवास्थित मेडिकल कलेज उपचार गर्न ल्याइएकोमा अस्पताल प्रशाशनले मृत घोषणा गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !