एमाओवादी सिन्धुलीमा लफडा


सिन्धुली,पुस १८ ।

एकिकृत नेकपा माओवादी सिन्धुली क्षेत्र नं. २ को यही मंसिर १५ गते भएको अधिवेशन कार्यविधि र निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सम्वन्धी कार्यविधि २०६९ बमोजिम नभएको भन्दै २ नंम्वर क्षेत्रिय निर्वाचन समिति समक्ष १२ जनाले संयुक्त निवेदन पेस गरेका छन ।
उनीहरुले संमेलनको हलमा उपस्थित प्रतिनिधीहरु मध्यवाट ३ जनाको निर्वाचन आयोग गठनगर्नु पर्नेमा सो नभएको,पर्यवेक्षको व्यवस्था नभएको , मतदाताको अन्तिम नामावली प्रकाशन नगरेको लगाएतको आरोप लगाएका छन । विज्ञप्ती प्रकाशित गर्नेहरुमा धनबहादुर पुलामी,ज्वाला न्यौपाने,विष्णुप्रसाद फुयाल,रसवहादुर कार्की,सविता कोईराला, नरवहादुर विक,खड्ग लामा, तेजबहादुर खपाङ्गी, अरुण कट्टेल, राम किसुन अधिकारी,देविप्रसाद फुयाल र पदम बहादुर फुयाल रहनुभएको छ ।

Related

प्रमूखखबरहरु 7294246537119312088

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item