शौचालय नभएकालाई सरकारी सेवा रोक्ने


काठमाण्डौ,पुस १८ ।
यदि तपार्इं कोल्बुङ गाविसको बासिन्दा हो र घरमा शौचालय छैन भने तत्काल शौचालय निर्माण गर्नुहोस् । तपाईंको घरमा शौचालय छैन भने तपाईंले गाविस कार्यालयबाट पाउने सरकारी सेवा पाउन सक्नुहुन्न । गाविस सचिव भोजकुमार अधिकारीको अध्यक्षतामा सरसफाइ तथा स्वच्छता समितिको आइतबार बसेको बैठकले फागुन १ गतेबाट लागू हुने गरी शौचालय नभएका घरका व्यक्तिलाई सरकारी सेवा नदिने निर्णय गरेको हो । गाविसलाई सन् २०१३ सम्ममा खुल्ला दिशामुक्त बनाइसक्नुपर्ने जिल्ला विकास समितिको निर्देशनबमोजिम सो निर्णय गरिएको सचिव अधिकारीले बताउनुभयो । 
 
 गाविसका एक हजार ८० घरधुरीमध्ये ५३८ घरमा मात्र पक्की शौचालय रहेको जनाइएको छ । शौचालय नभएका बा“की ४४२ घरधुरीमध्ये अति विपन्न परिवारको सूचीकृत ६० परिवारलाई भने जिविस, गाविस र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्राविधिक तथा निर्माण सामग्रीको सहयोगमा शौचालय निर्माण गरिनेसमेत उहा“ले जानकारी दिनुभयो । आगामी एक वर्षभित्रमा सिङ्गो गाविसलाई नै खुल्ला दिसामुक्त बनाउन सुरुदेखि नै पहल गर्नुपर्ने भएकाले गाविसले यस्तो निर्णय गरेको स्थानीय अगुवा गणेश अर्यालले बताउनुभयो । कतिपय लब्धप्रतिष्ठित व्यक्तिका रूपमा कहलिएका व्यक्तिका घरमा समेत शौचालय नभएको पाइएको छ, सचिव अधिकारीले भन्नुभयो, “पहिलो टार्गेट उनीहरूले घरमा शौचालय बनाउने त्यसपछि अन्य व्यक्तिले समेत बनाउन सजिलो पर्छ ।”

Related

राष्ट्रिय 7813719129318949702

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item