सिन्धुलीवाट विदेश जाने महिलाको सख्या वढ्यो


सिन्धुली,पुस १८ ।


सिन्धुली जिल्लाबाट बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालयका सिन्धुलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार विगतका महिनमा भन्दा पुस महिनामा पासपोर्ट बनाउनु आउने महिलाको संख्यामा वृद्धि भएको छ । अधिल्ला महिनामा कमै मात्रमा आउने महिलाहरु हिजो आज दिनमा ५/७ जना सम्म आउने गरेको उहाँले वताउनुभयो ।

 आफुले विदेश जानको लागी पासपोर्ट वनाउन आउने युवतीको संख्याबृद्धि हुनुमा देशमा वढ्दो वेरोजगारी समस्या रहेको भट्टराईले वताउनुभयो । घरको आयश्रोतको वाटो अरु नभएकाले वैदेशिक रोजगारीमा जानको लागि पासपोर्ट वनाउन आएको महेन्द्रझ्याडी गाविसकी अमृता वलले वताउनुभयो । महिलाहरु वैदेशिक रोगजारीमा जादाँ वढी जोखिम हुने गरेको महिला अधिकारकर्मी हरुले वताएका छन ।

Related

स्थानिय 8874985991204352295

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item