चलचित्र ‘अजम्वरी माया’का निर्माता पक्राउ




काठमाडौं,  पुस १८ ।
‘अजम्वरी माया’ नामक नेपाली चलचित्र निर्माण गर्ने पव्लिक फाईनान्सका सञ्चालक रञ्जीप भासुलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेर छ । भासुले फाईनान्सको रकम अपचलन गरेर ४६ लाखमा ‘अजम्वरी माया’ नामक चलचित्र निर्माण गरेको प्रहरीले जनाएको छ । सोही समयमा करिव २० लाख पर्ने गाडी खरिद गरी आफन्तलाई सस्तोमा विक्री गरेको उनलाई आरोप समेत लागेको छ । काठमाडौंको महाँकाल–७ बस्ने ५० बर्षीय भासु ठगी आरोपमा उजुरी परे पछि फरार थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।


फाईनान्समा ठगी गरेको कसुरमा फरार सरिता श्रेष्ठ, रामनारायण प्रधान, रोशन श्रेष्ठ, प्रताप केसी र रादेशकुमार प्रधानलाई प्रहरीले यस अघिनै पक्राउ गरी सकेको छ । उनीहरुले २०५५ सालमा कमलादीमा बैंकिङ्ग कारोवार गर्न पव्लिक फाईनान्स को–अपरेटीभ लिमिटेड खोलेका थिए । फाईनान्समा धेरै रकम जम्मा गर्नका लागि उनीहरुले प्रचलित व्याजदर भन्दा बढी व्याज दिने, प्रत्येक निक्षेप कर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारेको प्रहरी भनाई छ ।

सर्वसाधारणलाई झुक्याई निक्षेप लिएर भासुसहितको समूहले २०६० साल भदौ–१२ गतेदेखि फाईनान्स बन्द गरेका थिए । फाईनान्समा रहेको २ करोड ६३ हजार २ सय ८ रुपियाँ ठगी गरेको आरोप उनीहरुलाई छ ।
निक्षेपकर्ताको बचत सुरक्षण विना मनपरी ढंगले कृतिम व्यक्तिहरु श्रृजना गरी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी मात्र राखेर, हात र खुट्टाका औलाको किर्ते छाप लगाई ऋण प्रवाह गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ । भासुसहितको समूहले संस्थाको नियम विपरीत बिना स्वीकृती ‘अजम्वरी माया’ नामक चलचित्र ४६ लाखभन्दा बढी लागतमा निर्माण गरे गरेका थिए । काठमाडौं जिल्ला अदालतको २०६२ साल साउन–३२ गतेको पैmसलाले विगो बमोजिम जनही १३ लाख ३७ हजार ५ सय ४७ रुपियाँ र एक बर्ष कैद सजाय पैmसला गरे पनि उनीहरु फरार भएका थिए ।

Related

मनोरञ्जन 1316840954075520209

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item