भक्तपुरमा भीषण आगलागी, ३ जनाको जलेर मृत्यु


भक्तपुर, पौष २२ ।
भक्तपुर नगरपालिका १ सूर्यमणीमा शनिबार राती आगलागी भएको छ । यस आगलागीमा परि एकै परिबारका ३ जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परि मृत्यु हुनेहरूमा ६५ बर्षीया लक्ष्मी केशरी प्रजापति, उनकी छोरी २९ बर्षीया पार्वती प्रजापति तथा २४ बर्षीया सजना प्रजपति रहेका छन् । आगलागीमा परेर उनीहरु ३ जनाकै सुतिरहेको अवस्थामा जलेर मृत्यु भएको थियो ।
५ जनाको परिवार भएको उनीहरूको घरमा रहेका अरू २ जना भने बाच्न सफल भएका छन् । राती १२ बजे लागेको उक्त आगलागी विहानमात्र नियन्त्रणमा आएको थियो । उक्त आगलागी नियन्त्रणका लागी काठमाडौं, ललितपुर र भक्तपुरका पाँच वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । मृतकहरू ३ जनाकै शव पोष्टमार्टमको लागि भक्तपुर जिल्ला अस्पतालमा लगिएको कुरा प्रहरीले जनाएको छ । प्रहरीले यस आगलागीको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ ।

Related

राष्ट्रिय 2451318831395699085

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item