'माघे सक्रान्ति नजिदिकैगर्दा'


सिन्धुली, पुस २२ ।

माघे संक्रान्ति नजिकिदै गर्दा सिन्धुलीमाढीमा तरुल, सखरखण्ड, तिल, शखर लगायतका कन्दमुल तथा खाद्य सामग्रीको किनबेच बढेको छ । एकसातादेखि सिन्धुलीका बजारहरुमा व्यापार बढेको व्यवसायीहरु बताउछन् ।  विशेषगरि तरुल, पिंडालु, तिल शखर तेल, पिठो लगाएतका सामानहरुको व्यापार बढेको व्यापारी शुकुमाया खत्रीले बताउनुभयो । अहिले सदरमुकामका अधिकाशं फलफुल,तरकारी तथा खाद्ययान्न पसलहरु वन्द भएपनि साप्ताहिक रुपमा लाग्ने सनिवारे हाटमा भने गाउँ गाउँबाट सदरमुकाम सिन्धुलीमाढीमा कन्दमुल बेच्ने र किन्नेहरुको उल्लेख्य सहभागिता रहेको छ ।

 माघे संक्रान्तिमा कन्दुमुल, तिलको लड्डु खाने चलन रहेको छ । माघ १ गते विशेष रुपमा मनाइने माघे संक्रान्तिको दिन सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । यद्यपी थारु समुदायले नयाँ वर्षको रुपमा करिब एक हप्ता सम्म मनाउने माघी पर्वमा कम्तिमा तीन दिन सार्वजनिक बिदाको माग गरेको छ । विशेष रुपमा थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वका रुपमा एक हप्ता सम्म मनाउने गर्दछन् । माघी पर्वलाई सरकारले थारुको मात्र नभई छन्त्याल, मगर लगाएतका जातिको पर्वको रुपमा पनि मान्यता दिएको छ ।

Related

प्रमूखखबरहरु 8912788095186160296

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item