चिसोका कारण एकै रातमा चार जनाको मृत्यु



डडेल्धुरा,पुस २७ ।

अत्यधिक चिसोका कारण डडेल्धुराको भित्रीमधेस क्षेत्र जोगबुढा र शिर्ष गाविसमा गएराती चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोगबुढा–१ का ६० वर्षका सुर्जबहादुर साउद, जोगबुढा–४ का नरबहादुर भण्डारी, शिर्ष–७ का उजले दमाई र शिर्ष ७ का महरा थरका  भएका एक व्यक्तिको मृत्यु भएको स्थानीय बासिन्दा कैलाशकुमार पाण्डेयले बताउनु भएको छ ।

मृत्यु हुनेहरु सबै दुई घण्टा मात्रै बिरामी परेको बताएइको छ । भित्री मधेस क्षेत्र अहिले सम्मकै अत्यधिक चिसो भएको स्थानीयबासिन्दाले बताएका छन् । डडेल्धुराका प्रहरी प्रमुख कृष्ण प्रसाईका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । 

Related

विविध 5341140515187182282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item