नेपाल पत्रकार महासंघको आन्दोलन आज पनि


काठमाण्डौ,पुस २७ ।
दैलेखका पत्रकार डेकेन्द्र थापाका अभियुक्तहरुलाई जोगाउने उद्देश्यले प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आज राजधानीमा प्रदर्शन गर्दैछ । राजधानीको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लब अगाडि दिउँसो १ बजे भेला भएर ¥याली गर्दै प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

केही दिन अघि पक्राउ परेका थापा हत्याका ५ जना अभियुक्तहरुले घटना स्वीकार गरेपछि प्रधानमन्त्रीले यो घटना शान्ति प्रक्रियासँग जोडिएकाले उनीहरुको बयान लिन नहुने बताउनु भएको थियो तर चौतर्फी दबाबपछि उनीहरुलाई हिजो फेरि ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न लागिएको छ ।

Related

विविध 7339382297861992200

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item