पत्रकार उमा सिंहको चौथो स्मृति दिवस


जीतेन्द्रप्रसाद सिंह,
 धनुषा,पुस २७ ।
प्रथम महिला सहिद पत्रकार उमा सिंहको चौथो स्मृति दिवस प्रत्येक वर्षझै यो वर्ष पनि जनकपुरमा विविध कार्यक्रमसहित मनाइने भएको छ । मधेसी पत्रकार समाज धनुषाले दिवसको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको समाजका सचिव बटुकनाथ झाले जानकारी दिनुभएको छ । यस्तै स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शााखाले “जनकपुरमा महिला पत्रकारको अवस्था र पत्रकारको सुरक्षा” विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्न लागेको संघका सचिव इश्वरचन्द्र झाले जानकारी दिनुभयो । यस्तै नेपाल क्रान्तिकारी पत्रकार संघ धनुषाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार सिंहको अन्तिम समयमा रगत अभावकै कारणले मृत्यु भएकोले संघले उहाँको स्मृती दिवसको अवसरमा रक्तदान गर्न लागेको संघका धनुषा अध्यक्ष दिपेन्द्र सिंहले बताउनुभयो ।  रेडियो टुडे, जनकपुरधाममा कार्यरत सिंहलाई वि. सं २०६५ साल पुस २७ गते जनकपुरको रजौलस्थित डेरामा बसेको बेला अज्ञात समूहले धारिलो हतियार प्रहार गर िविभत्स तरिकाले हत्या गरेका थिए । उमाकी दाजु र बुबालाई माओवादीले अपहरण गरी हत्या गरेका थिए । उहाँको हत्यामा संलग्न आरोपित अधिकांश व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् ।
 हत्याको कारक मानिएकी उमाकी भाउजू ललिता सिंह र नेमलाल पासवान जेलमा छन् भने माओवादी सम्बद्ध श्रवण यादवले जेलबाट मुक्ति पाइसकेका छन् । यता आपराधिक समूहको धम्कीको कारण स्वर्गीय सिंहकी आमा ललितादेवी सिंह पछिल्लो चार वर्षदेखि घर छोडेर अन्यत्र बिस्थापित हुनु भएको छ ।  सिंहको हत्या गरेपछि हत्यामा संलग्न आपराधिक समूहले बारम्बार ज्यान मार्ने धम्की दिएको कारण विस्थापति भएको स्थानीय गाउँलेहरुको भनाइ छ ।

Related

विविध 368185184328623042

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item