चिसोले एक वृद्धको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/01/death_11.html
सिरहा,पुस २७ ।
सिरहामा आज बिहान चिसोले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका वडा नम्बर १ निवासी ७० वर्षिय राजलाल मोची रहेका छन् । खाना खाएर आफ्नै घरमा सुतेका मोची आज विहान ५ बजे मृत्यु भएको मृतकका छोरा शिवनारायणले जानकारी दिनुभयो । केही दिनदेखि एक्कासी बढेको अत्याधिक चिसोले सिरहालगायत देशभरको जनजीवन प्रभावित भएको छ । चिसो बढेसंगै अस्पतालमा समेत निमोनिया, रुघाखोकी र ज्वारोका बिरामी दिन प्रतिदिन बढिरहेको लहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मिश्रीलाला साहले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !