अत्यधिक चिसोका कारण सातको मृत्यु



काठमाडौं, २४ पुस 
 अत्यधिक चिसोका कारण सर्लाही, रौतहट, सिराहा, नवलपरासी र सप्तरी सात जना सर्वसाधारणको मृत्यु भएको छ ।तराईका जिल्लामा केही दिन यता बढेको शीतलहर र चिसोले गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो समय तराईका जिल्लामा चिसोका कारण मर्नेको संख्या बढ्दै आएको छ ।सर्लाहीको कर्मैया–६ बस्ने ६६ वर्षीया अनिहा देबीको आज विहान मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अबस्थामा बढि चिसोका कारण उनको आज विहान ३ बजे मृत्यु भएको हो ।रौतहटको सुन्तपुर–८ बस्ने त्रिभुवन थापाकी ६ महिनाकी छोरी उस्थर थापाको पनि चिसोका कारण आजै विहान मृत्यु भएको छ । बरियापुर–९, ईनर्वाटोल बस्ने ६५ बर्षीया रामवतीदेवी ठाकुरको पनि अत्याधिक चिसोका कारण मृत्यु भएको छ ।सिराहाको कल्याणपुर–२ मा पनि ९५ बर्षीया दुखनीदेवी मण्डलको मृत्यु भएको छ ।

नवलपरासीको रमपुरवा–७ मा पनि एक जना बृद्धाको मृत्यु भएको छ । नाम खुल्न नसकेको बृद्धा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अत्यधिक चिसोका कारण सोमबार विहान अशक्त रुपमा फेला परेका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।सप्तरीको मधुवापुर–५ बस्ने ६५ बर्षीया राधियादेवी सदाको पनि अत्यधिक चिसोका कारण सोमबार राति मृत्यु भएको छ । उनको आफ्नै घरमा मृत्यु भएको हो । पिप्रा–९ बस्ने ६० वर्षीय भोलाखङ मण्डलको पनि चिसोका कारण मृत्यु भएको छ ।

Related

विविध 399302957330544248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item