सिन्धुलीमाढीमा महायज्ञ सुरु



चीना थापा, सिन्धुली,पुस २४ ।

स्वर्गद्धारिका घाटलाई ब्यवस्थित बनाउनका लागि पुष २० गतेबाट सुरु गरिने भनिएको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ आजबाट सिन्धुलीमाढीमा सुरु भएको छ । सिन्धुली जिल्ला कारागारमा कैदिबन्दि बिच बुधवार राती भएको झडपमा १ जनाको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले बजार तथा यातायात पुर्ण रुपमा बन्द गराएपछि महायज्ञ स्थगित गरिएको थियो ।
 
 हिजो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको औपचारिक उद्घाटन गरी आजबाट सप्ताह सुरु भएको हो । सप्ताहको आज पहिलो दिन यो समाचार तयार पार्दासम्म ५० हजार ५ सय ९७ रुपैया सहयोग प्राप्त भएको आयोजक समितिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो । जसमा ५ हजार भन्दा माथि सहयोग गर्नेमा कृष्णहरी वराल, तेज प्रसाद पौडेल, दुगा प्रसाद पौडेल, मेग वहादुर खड्का, गिरीजंग थापामगर, राम वहादुर हायु र दिलिप कुमार थापा रहनुभएको छ ।

Related

प्रमूखखबरहरु 8631783497280891164

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item