फेरी पनि बालिकालाई जबरजस्ती करणी

http://sindhulidarpan.blogspot.com/2013/01/rape_8.html
धादिङ जिल्लामा नौ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दीपेश राईलाई पक्राउ गरेको छ ।बालिकाका आफन्तको जाहेरीका आधारमा प्रहरीले दीपेशलाई आज विहान जुगेडीबाट पक्राउ गरेको जनाएको छ ।दीपेशले शनिबार विहान नौ वर्षीया जमुना राई (नाम परिवर्तन) लाई घर नजिकै झाडीमा लगेर जवरजस्ती करण गरेको उजुरीमाउल्लेख छ । जमुनालाई ललाई फकाई दीपेशले जवरजस्ती करणी गरेको प्रहरी भनाई छ । दीपेश नौबिसे–४, जुगेडीमा बस्दै आएका छन् ।
बालिकाका आफन्तको उजुरी पछि ईलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले श्यामबहादुर मगरको घरमा लुकेर बसेको अवस्थामा दीपेशलाई पक्राउ गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !