पुलबाट खसेर ज्यान गयो


नुवाकोट,पुस २५ ।
नुवाकोटको विदुरमा हिजो सडक मार्गको पुलबाट खसेर एक बृद्धाको मृत्यु भएको छ । विदुर नगरपालिका वडा नं. १ बान्द्रेमा सडक मार्गबाट खसेर मागी खाँदै हिँड्ने एक बृद्धाको मृत्यु भएको हो । त्रिशूली– धुन्चे सडक मार्गको बीचमा रहेको सानो पुलबाट खसेर ककनी गाविस वडा नं. ६ घर भएका ७० वर्षीया बुद्धलक्ष्मी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  बुद्धको शव पहिचान र पोष्टमार्टमको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएकोमा आफन्तहरु आएपछि शव बुझाइएको प्रहरी निरीक्षक नवराज मल्ल ठकुरीले जानकारी दिनुभयो ।

Related

विविध 634060823048229417

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item