काभ्रेमा शिक्षक विद्यार्थी अनुपात नमिल्दा पठनपाठनमा समस्या


प्रकाश सुन्दास,
काभ्रे,पुस २५ ।
शिक्षक र विद्यार्थी अनुपात नमिल्दा काभ्रेपलाञ्चोक जिल्लाको ग्रामीण भेगका सामुदायिक विद्यालयको पठनपाठनमा निकै समस्या देखिएको छ । ग्रामीण भेगमा अनुमति लिएका सामुदायिक विद्यालयहरुमा एक जनासमेत दरबन्दी नभएको र सुगम ठाउँका विद्यालयहरुमा आवश्यकता भन्दा बढी शिक्षक दरबन्दी रहेको जिल्ला शिक्षा कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा अहिले ६ सय ९ वटा विद्यालयमा २२ सय ७९ जना स्थायी र आठ सय ३९ जना राहत दरबन्दीका शिक्षक रहेका छन् भने प्राथमिकदेखि माध्यमिक तहसम्म ९९ हजार ३ सय ९२ जना विद्यार्थी रहेका छन् । 

शिक्षा नियमावलीमा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी संख्या हुन पर्ने प्रावधान रहेको छ । पठनपाठनमा देखापरेको समस्या समाधानका लागि छिट्टै दरबन्दी मिलान गर्न आवश्यक रहेको काभ्रेका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । दरबन्दी मिलान ढिला भए शिक्षाको गुणस्तर खस्कने भन्दै शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसकारी संघसंस्थाहरुले आवश्यक प्रक्रिया अघि बढाउन शिक्षा कार्यालयलाई अनुरोध गरेका छन् ।

Related

विविध 662092698748706128

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item