नेकपा–माओवादीको महाधिवेशन आजदेखि

http://sindhulidarpan.blogspot.com/2013/01/news_9.html
काठमाण्डौ,पुस २५ ।
नेकपा–माओवादीको महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । आजदेखि सुरु भई पुस २९ गतेसम्म चल्ने महाधिवेशनको सबै तयारी सकिएको नेकपा माओवादीले जनाएको छ । आज काठमाण्डुको खुलामञ्चमा उद्घाटन समारोह सुकिएपछि बन्दसत्र सुरु हुनेछ ।
महाधिवेशनमा देशभरबाट १२ सय प्रतिनिधि सहभागी हुँदैछन । उद्घाटन समारोहमा ५० हजारभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने प्रवक्ता भूषाले जानकारी दिनुभयो । उद्घाठन समारोह अघि उपत्यका तीनै जिल्लाबाट र्याली निकालीने माओवालीले जनाएको छ ।
गएको असारमा एकीकृत नेकपा माओवादीबाट अलग भएको पार्टीको महाधिवेशनबाट “जनविद्रोह” वा “शान्तिर्पूण राजनीति” भन्ने विषयमा छलफल हुनेछ । भोलिदेखि मुख्य गरि नीतिगत विषयमा छलफल सुरु हुने भूषाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !