आज त्रिभुवन विद्यालयको दिक्षान्त समारोह


काठमाण्डौ,पुस २५ ।
त्रिभुवन विश्वविद्यालयले आज ३८ औं दीक्षान्त समारोह गर्दैछ । दीक्षान्त समारोहमा विश्वविद्यालयवाट विभिन्न उपाधी ग्रहण गरेका ५ हजार ४ सय ८४ विद्यार्थी दीक्षित हुदैछन् । समारोहमा नर्वेको वर्गिन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक सिगमन्ड ग्रोन्मोले दीक्षान्त समारोहमा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । यसअघि विश्वविद्यालय परिसर कीर्तिपुरमा हुदै आएको दीक्षान्त समारोह यो पटक काठमाण्डुको दशरथ रंगशालामा आयोजना हुदैछ । गत मंसिर ५ गतेदेखि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विभिन्न माग अघि सार्दै गरेको अनिश्चितकालीन तालाबन्दी र सुरक्षा व्यवस्थाका कारण कीर्तिपुर बाहिर दीक्षान्त समारोह गर्नुपरेको विश्वविद्यालयले जनाएको छ । 

दीक्षान्त समारोहमा यसपालीदेखि विद्यार्थीले आफ्नो जातीय पोसाकमा सहभागिता जनाउन पाउने भएका छन् । यसअघि समारोहमा छात्रले राष्ट्रिय पोसाक र भादगाउ“ले कालो टोपी अथवा कोट, पाइन्ट, टाई तथा छात्राले ब्लाउज र साडी लगाउनु पर्ने व्यवस्था थियो । समारोहमा जातीय पहिचान खुल्ने पहिरनमै उपस्थित गराउने प्रधानमन्त्रीको निर्देशनपछि विश्वविद्यालयले आफ्नो जातीय पोसाकमा सहभागिता जनाउन पाउने व्यवस्था गरेको हो ।

Related

विविध 5865539338203267392

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item