राष्ट्रपतिले दिएको आठौ पटकको समय आज सकिंदै


काठमाण्डौ,पुस २५ ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिका लागि राजनीतिक दलहरुलाई दिनुभएको आठौ पटकको समय आज सकिंदैछ । दलहरुका नेताहरुले औपचारीक रुपमा सयुक्त छलफल नगरि यसपटकको समय पनि कटाएका छन् । यसअघि सातौ पटकको समय सकिदा दलहरुले अबको ५ दिन समयमा सहमति गर्ने प्रतिवद्धता जनाएका थिए । 

 तर यो समयमा पनि दलहरुले उपलब्धिमूलक ढंगले कुनै छलफल नगरेका कारण ५ दिनको समय व्यर्थ भएको छ । दलहरुले सहमति गर्न नसकिेपछि राष्ट्रपति यादवले दलहरुसँग गरिरहेको परामर्श आज पनि जारी राख्नु हुनेभएको छ ।  आज दलहरुसँग एकल परामर्श गर्ने र दलहरुले बेलुका सम्म सहमति जुटाउन नसके भोलि सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको उहाँका कानुनी सल्लाहाकार सूर्य ढुङ्गेलले जानकारी दिनुभयो ।  दलहरू आ–आफ्नै अडानमा कायमै रहेपछि सहमति जुट्न पनि सकिरहेको छैन ।

Related

राष्ट्रिय 2990607068382005996

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item