अनियन्त्रित वन फँडानी रोक्न सामुहिक प्रयास

http://sindhulidarpan.blogspot.com/2013/01/sindhuli_9.html
ध्रुवचन्द्र खड्का
सिन्धुली, पौष २५ ।
संयुक्त वन संरक्षण सदुपयोग समिति रानिखोलाले दाउरा संकलन गरि विक्रि वितरण गर्न सुरु गरेको छ । अनियन्त्रित वन फँडानी नियन्त्रण गरि जंगल संरक्षण गर्ने उद्देश्यले कनपा–४ सिन्धुलीका ७ वटा सामुदायिक वन समुहहरुको सक्रियतामा संयुक्त वन संरक्षण समिति गठन गरिएको हो ।
सिन्धुलीको कमलामाई नरपालिका वडा नं. ४ अन्तरगतका कालिका सामुदायिक वन उपभोक्ता समुह, रक्तदेवी सामुदायिक वन उपभोक्ता समुह, चनदेवि सामुदायिक वन उपभोक्ता समुह, दक्षिणकाली सामुदायिक वन उपभोक्ता समुह, बोझे चिसापानी सामुदायिक वन उपभोक्ता समुह, कमला सामुदायिक वन उपभोक्ता समुह र सरस्वती सामुदायिक वन उपभोक्ता समुह गरि ७ वटा समुहको सहभागितामा समिति गठन गरिएको छ ।
विगत २ महिना अघिदेखि संयुक्त वन संरक्षण समितिले ७ वटै समुहहरुवाट दाउरा तथा गोलिया संकलन गरेर उपभोक्ताहरुका लागि विक्रि वितरण गरिरहेको छ । समितिले विहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म दाउरा विक्रिवितरण गर्ने गरेको छ । सातैवटा समुहका उपभोक्ताहरुले ल्याएको दाउरा तथा गोलिया रानिखोलामा रहेको संयुक्त समितिमा संकलन हुन्छ र त्यसपछि अन्य सर्वसाधारणरुमा विक्री गरिन्छ । समितिले ४ रुपैँया किलो खरिद गरेर ७ रुपैँया किलोमा विक्री गरिरहेको छ ।
हरिया रुख तथा विरुवाहरु संरक्षण गर्दै सुकेका दाउराहरुको मात्रै उपयोग गर्न उपभोक्ताहरुमा आग्रह गरिएको समितिका कोषाध्यक्ष तिलक वहादुर कार्कीले जानकारी दिनुभयो । संयुक्त वन संरक्षण समिति गठन भएपछि अनियन्त्रीत वन फँडानि तथा हरिया वोटविरुवाहरुको संरक्षण हुन थालेको समितिका सहसचिव शम्भु विकले वताउनुभयो । त्यति मात्रै नभएर सुकेका दाउरा तथा गोलियाहरु लुकिचोरी विक्रि वितरण गर्नेहरुको संख्यामा पनि कमी आएको वहाँको भनाई छ ।
समितिले २ जनालाई रोजागार समेत दिएको छ । स्थानिय गणेश वहादुर कार्की र विर वहादुर मगरलाई समितिले दाउरा विक्रि वितरणका लागि सहयोगीका रुपमा राखेको छ । समितिलाई सहयोग गर्न पाउँदा उनिहरु पनि निकै उत्साहित भएका छन् । जथाभावि हरिया विरुवाहरु नकाट्न, सुकेका तर नढलेका रुखहरु नढाल्न र लुकीचोरी दाउरा तथा गोलियाहरु विक्री वितरण नगर्न समितिले सवैलाई आग्रह गरेको छ ।
सिन्धुलीको कमलामाई नरपालिका वडा नं. ४ अन्तरगतका कालिका सामुदायिक वन उपभोक्ता समुह, रक्तदेवी सामुदायिक वन उपभोक्ता समुह, चनदेवि सामुदायिक वन उपभोक्ता समुह, दक्षिणकाली सामुदायिक वन उपभोक्ता समुह, बोझे चिसापानी सामुदायिक वन उपभोक्ता समुह, कमला सामुदायिक वन उपभोक्ता समुह र सरस्वती सामुदायिक वन उपभोक्ता समुह गरि ७ वटा समुहको सहभागितामा समिति गठन गरिएको छ ।

हरिया रुख तथा विरुवाहरु संरक्षण गर्दै सुकेका दाउराहरुको मात्रै उपयोग गर्न उपभोक्ताहरुमा आग्रह गरिएको समितिका कोषाध्यक्ष तिलक वहादुर कार्कीले जानकारी दिनुभयो । संयुक्त वन संरक्षण समिति गठन भएपछि अनियन्त्रीत वन फँडानि तथा हरिया वोटविरुवाहरुको संरक्षण हुन थालेको समितिका सहसचिव शम्भु विकले वताउनुभयो । त्यति मात्रै नभएर सुकेका दाउरा तथा गोलियाहरु लुकिचोरी विक्रि वितरण गर्नेहरुको संख्यामा पनि कमी आएको वहाँको भनाई छ ।
समितिले २ जनालाई रोजागार समेत दिएको छ । स्थानिय गणेश वहादुर कार्की र विर वहादुर मगरलाई समितिले दाउरा विक्रि वितरणका लागि सहयोगीका रुपमा राखेको छ । समितिलाई सहयोग गर्न पाउँदा उनिहरु पनि निकै उत्साहित भएका छन् । जथाभावि हरिया विरुवाहरु नकाट्न, सुकेका तर नढलेका रुखहरु नढाल्न र लुकीचोरी दाउरा तथा गोलियाहरु विक्री वितरण नगर्न समितिले सवैलाई आग्रह गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !