सिन्धुलीका अनाथहरुलाई कम्प्युटर र पोशाक


पोष्टराज पहाडी,
सिन्धुली,पुस १७ ।
सिन्धुलीमाडीमा रहेको शैलशिखर अनाथलयका अनाथहरुलाई मंगलबार एक थान कम्युटर र पोशाक प्रदान गरिएको छ । अनाथलयका अनाथहरुलाई सिन्धुली जिल्लाको डाँडी गुराँसे–१ का वालकृष्ण आचार्यले मंगलबार एक थान कम्प्युटर प्रदान गर्नुभएका् छ ।  कोरियामा गैसस व्यवस्थापन विषयमा स्नात्तोकोतरमा अध्ययनरत आचार्यले अनाथहरुले समेत कम्प्युटर शिक्षा लिन सकुन भन्ने उदेश्यले कम्प्युटर प्रदान गरिएको आचार्यको भनाई उदृद्ध गर्दै अनाथलयका अध्यक्ष विष्णु प्रसाद देवकोटाले जानकारी दिनुभयो । आचार्यले अनाथहरुका लागि आफुले सकेको सहयोग आगामी दिनमा गर्दै जाने बताउनुभयो ।
यसैविच, यसै अनाथलयमा रहेका १५ जना अनाथहरुका लागि आफ्नो जन्म दिनको अवसरमा सिन्धुलीमाडी बजारका प्रतिक कार्कीले १५ थान पोशाक प्रदान गर्नुभएको छ  ।  कार्कीले आफ्नो १८ औ जन्म दिनको अवसरमा १५ थान तयारी सर्ट पाइन्ट प्रदान गर्नुभएको हो । गत वर्ष पनि कार्कीले आफ्नो जन्मदिनको अवसरमा अनाथलयका सात जना अनाथहरुलाई सात थान तयारी पोशाक उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

Related

स्थानिय 6518222342239799548

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item