ढुङ्ग्रेवास दोश्रो स्थानमा उक्लीयो


पोष्टराज पहाडी,
सिन्धुली,पुस १७ ।
 सिन्धुलीमाडीमा जारी रेडबुल जिल्ला स्तरिय राष्ट्रिय लिग फुटबल प्रतियोगितामा समूह ‘ए’ अन्तरगत रहेको ढुङग्रेवास टोल सुधार समिती अंक तालिकाको आधारमा समूह ‘ए’ को दोश्रो स्थानमा उक्लीएको छ । मंगलबार सेतो गुराँस युवा क्लबलाई ६ गोल अन्तरले पछि पारेपछि ढुङ्ग्रेवास समूह ‘ए’ को दोश्रो स्थानमा उक्लिएको हो । चार खेल खेलेको ढुङ्ग्रेवासले तिन खेलमा आफ्नो जित गर्दै ९ अंक बटुलेको छ ।
अंक तालिकाको आधारमा समूह ‘ए’ मा ४ खेल खेलेर चारै खेलमा जित हासील गरेको ब्ल्यु अल्पाइन युवा क्लब पहिलो स्थानमा छ । यसैगरि समुह ‘ए’ मा तिन–तिन खेल खेलेका युथ फर सिन्धुली, भिमान र दिर्घकालीन टोल सुधार समीती समान तिन अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छन् । चार खेल खेलेर चार खेलमै हार व्यहोरेको सेतो गुराँस अंक तालिकको पुछारमा छ । यसैगरि समुह ‘वि’ मा चार खेल खेलेर चार खेलमै विजेता बनेको शिवशक्ति १२ अंकका साथ अंक तालिकाको पहिलो स्थानमा छ ।
मंगलबारको पहिलो खेलमा शिवशक्ति युवा क्लबले पानीट्याङ्की युवा क्लबलाई ७–० गोल अन्तरले पछि पारेको छ । यसैगरि मंगलबार नै भएको दोश्रो खेलमा नव प्रतिभा युवा क्लब र शिद्धस्थली युवा क्लबले समान २–२ गोल बाडेका छन् ।  रेडबुलको प्रायोजन तथा अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ सिन्धुलीको संयुक्त आयोजनामा भएको सो प्रतियोगिता आगामी पुस २० गते सम्म सञ्चालन हुनेछ । सो प्रतियोगितामा जिल्ला भरका १० समूहको सहभागीता रहेको छ ।




Related

प्रमूखखबरहरु 1530938302635030434

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item